ब्रम्हाण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्था लि.

57203 Mechinagar 02, Baudhamode

JHAPA, PRADESH 1

+977 9852663311

CUSTOMER SUPPORT

ब्रम्हाण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्था लि.को आधिकारिक वेब पोर्टलमा तपाइलाई स्वागत छ।

SACHIN NIROULA

CHAIRMAN

MESSAGE FROM THE CHAIRMAN (अध्यक्षको सन्देश)

ब्रहमाण्ड अपागं र महिला बचत तथा ऋण सहकारी संस्था लि को स्थापना मिति  २०७२।०४।०६ गते भएको थियो। त्यस भन्दा पहिले एक दिन बितामोड स्थीत होटल हेभनमा समाज सेवा सूधार युवा सघ अपागं सहयोग समितिको आयोजना नेदरलेन्ड लेप्रोसी रिलिफ र नेपाल लेप्रोसी फयालोसिपको सहयोगमा एक दिने तालिम भएको थियो र त्यस तालिममा हामीलाई आफनो गाउमा अपागं समूह बनाउने कार्यक्रम तय भयो र म यस बाहुण्डागीमा आएर घर घर पुगी अपागं भएका ब्यत्तिहरुको तथ्याक संकलन गरि एउटा भेला मार्फत हामीले अपागं समुह गठन गर्यौ। हामीमा जागर जोस थियो र केहि समयमानै हामीले उक्त समूह लाई नेपाल राष्टिय अपागं पुनस्थापना समिति गठन गरेर अपागं का विविध कार्यक्रम गर्दै अगाडी बढ्यौ, त्यस संस्थाको अध्यक्ष भएर काम गर्दा म २० बर्षको थिए। धेरै काम सिक्ने अवसर मिल्यो। एम्बुलेस सन्चालन, आफनै अपागमैत्री भवन निर्माण लगायत थुप्रै कार्यको अनुभव भएपछि मलाई अपागंता भएका ब्यक्तिहरुको पनि आफनो सहकारी हुनुपर्छ भन्ने लाग्यो। जिवन संचालनका लगि आर्थिक ब्यवस्थापन पनि महत्वपुर्ण विषय रहेछ सोचेर हामीले अपागंता भएका ब्यक्ति बाट प्रति महिना रु ५ का दरले संकलन शरु गर्य। केहि रकम जम्म भएपछि उक्त संकलित रमक आफनो समुहमा लगानी गर्न थाल्यौ। त्यस वखत मैले बौद्धमोड ईग्लिस बोडिग स्कुलको पनि सुरु गर्दै थिए, त्यसो हुदाँ त्यस विधालयको शिक्षिका पुजा जोगीलाई मासिक रुपमा संकलित रकम लाई बचत तथा लगानी ब्यवस्थापनमा सहयोग गर्न पनि जिम्मा अनुरोध गरे र त्यसरी बचत तथा लगानी कार्यक्रम हुदैं गयो। तर हामी अपाङ्गता भएका ब्यक्तिको मात्र कारोबार सारै सानो जस्तो भएकाले समाबेसी रुपमा संचालन गर्नै सल्लाह भएपछि सबै बर्गको प्रतिनिधित्व हुने गरि संचालन गर्ने उदेश्य सहित ब्रहमाण्ड अपागं र महिला वचत तथा रिन सहकारी संस्था लि को स्थाना भयो।  संस्था स्थापनाको मुख्य उदेश्य समाजमा अपागता भएका ब्यक्तिहरुलाई सहकारी बुझाएर उनिहरुको जिवनमा सकारात्मक विकास गर्दै लाने थियो । सहकारी दर्ता भएको आज करिब ६ बर्ष बितेछ सहकारीका शेयर सदस्य र कर्मचारीको अथक प्रयासले आज यस संस्थाको आफनै भवनमा कार्यलय संचालन गर्दै छौं भने शेयर सदस्यहरुलाई सेवा विस्तार गर्दै जाने बृहत लक्ष्य राखेका छौं ।

OUR SERVICES (सेवाहरु)

insurance, home, protection-1987855.jpg

LOAN

euro, coins, currency-150091.jpg

DEPOSIT

cash, finance, financial-1296584.jpg

REMITTANCE

FROM THE MANAGER (व्यवस्थापक बाट)

ब्रम्हाण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्था लि को स्थापना २०७२ सालमा भएतापनि स्थापनाको केही बर्षसम्म सहकारी, कम्पीयुटर ज्ञान, लगायत अन्य प्राविधिक ज्ञानको कमिले गर्दा शुरु शुरुमा धरै नै दुख भयो। 

ज्ञान थिएन तर भावना पवित्र थियो । त्यसैले होला हामीले सहकारी सिक्न र प्रयोग गर्न कन्जुसाई गरेनौँ । सहकारीका मूल्य, मान्यता, सिद्धान्त र मर्मलाई सकेसम्म व्यवहारमा प्रयोग गर्दै जाँदा नै आजको ब्रहमाण्ड सहकारी बन्न पुगेको हो । 

– Kumar Dhungana, Manager